यी हुन् विश्वकै उत्कृष्ट बिलासी कार उत्पादक १० कम्पनी



काठमाडौं । सवारी बिक्री, ब्रान्डप्रतिको विश्वसनीयता आदिका आधारमा प्रख्यात म्यागजिन फोर्ब्सले उत्कृष्ट १० सवारी उत्पादक कम्पनीको सूची तयार गरेको छ ।

फोर्ब्सले सन् २०१६ को बिक्रीका आधारमा २०१७ का १० वटा बेस्ट सेलिङ अटोमोबाइल कम्पनीको बारेमा रिपोर्टनै तयार पारेको छ ।

१) फक्सवागन

विश्वभर नै सवारी बिक्री गर्ने फक्सवागन विश्वको उत्कृष्ट सवारी उत्पादक कम्पनी हो । फक्सवागन जर्मन सवारी उत्पादक कम्पनी हो । फक्सवागनका विभिन्न भेराइटीका सवारी बजारमा उपलब्ध छन् ।

कम्पनीले ह्याचब्याक, कार, एसयुभीलगायत सेगमेन्ट सवारी उत्पादन गर्दै आएको छ । आफ्ना उपभोक्ता खुसी र सन्तुष्ट पार्दै फक्सवागनले आफ्नो बजार विश्वभर नै फैलाउन सफल भएको छ ।

फक्सवागनका सवारी उत्पादन, त्यसको क्षमता तथा मूल्यका आधारमा विभिन्न वर्गका रहेका छन् । धेरै रेन्जका सवारी भएको र विश्वभर सहज उपलब्ध भएकाले फक्सवागनप्रति उपभोक्ताहरू अलि बढी आकर्षित भएका हुन् ।

फक्सवागनको प्रमोसन तथा पब्लिसिटीका कारण पनि आफूलाई विश्वको अब्बल सवारी उत्पादक कम्पनी बनाउन सफल भएको हो । केही वर्षअघि प्रदूषण विवादका कारण समस्या झेलेको फक्सवागन पुनः लयमा फर्किएको बताइन्छ । फक्सवागन विश्वका १० उत्कृष्ट सवारी उत्पादक कम्पनीहरूको सूचीमा पहिलो स्थानमा रहेको छ ।

२) टोयोटा

जापानी सवारी उत्पादक कम्पनी टोयोटा अटोमोबाइल सेक्टरको पयोनियरका रूपमा रहेको छ । कार बिजनेसमा अब्बल दर्जामै रहेको टोयोटाले विविध भेराइटीका सवारी उत्पादन गर्दै आएको छ ।

आफ्ना उपभोक्ताले चाहेजस्तो सवारी उपलब्ध गराउन सफल टोयोटा दोस्रो स्थानमा रहेको छ । टोयोटा प्रविधिदेखि प्रशासनसम्म आफूलाई सक्षम सावित गर्न सकेकै कारण उत्कृष्ट सवारी उत्पादकको दोस्रो स्थानमा रहन सफल भएको हो ।

टोयोटाले उत्पादन गरेका सबै भेरियन्टस्का सवारी विश्वभर उपलब्ध हुँदै आएको छ । टोयोटाको कोरोला, इटिओस, फर्चुनर, क्यामरीलगायत लोकप्रिय रहेका छन् । टोयोटा अटो बिजनेस क्षेत्रको चर्चित ब्रान्ड हो ।

३) डिमलर

जर्मन बेस्ड मल्टिनेसनल अटोमोबाइल कम्पनी डिमलरले विश्वव्यापी रूपमा कार बिक्री गर्दै आएको छ । डिमलरले २०१६ मा विश्वभर २५ लाखभन्दा धेरै सवारी बिक्री गर्न सफल भएको थियो । डिमलर विश्वकै उत्कृष्ट प्रिमियम सवारी ब्रान्ड हो ।

यो सवारीको आकृति र पर्फर्मेन्सका आधारमा प्रिमियम भएको बताइन्छ । उक्त कम्पनीसँग विश्वभर २ लाख ७० हजारभन्दा धेरै कामदार रहेका छन् । फर्मुला वानजस्ता मोटरस्पोर्टको क्षेत्रमा डिमलर वर्षै्पिच्छे अब्बल सवित हुँदै आएको छ ।

४) जनरल मोटर्स (जीएम)

जीएम अर्थात् जनरल मोटर्स अमेरिकी सवारी उत्पादक कम्पनी हो । जीएम अटोमोबाइल उत्पादन गर्ने कम्पनीहरूको सूचीमा यो वर्ष चौथो स्थानमा रहेको छ । यो कम्पनी पनि उत्पादन तथा उत्पादित सवारी भेरियन्ट्सका हिसाबले अब्बल कम्पनीकै रूपमा स्थापित छ ।

जीएमका सवारी ब्रान्डहरूमा एलफोन, सेब्रोले, बुइक, जीएमसी, क्याडील्याक, होल्ठन, एचएसभी, भक्सललगायत रहेका छन् । विश्वभर १ सय २० भन्दा बढी देशमा उपस्थिति रहेको जीएममा करिब २ लाख मानिसहरू कार्यरत रहेका छन् ।

५) फोर्ड

सवारी उत्पादक कम्पनीहरू मध्ये चर्चित नाममै पर्छ फोर्ड । अन्य सवारी उत्पादक कम्पनीजस्तै फोर्डका सवारी विश्वभर उपलब्ध रहेका छन् । कम्पनीले हासिल गरेको उपलब्धि, आधुनिक प्रविधि आदिका कारण फोर्ड विश्वभर फैलन सफल भएको हो । फोर्डका सवारीहरू मोडल तथा मूल्यको विविधतामा उपलब्ध छन् ।

फोर्डको ह्याचब्याक सेगमेन्टको फिगो निकै चर्चित छ, जसले फोर्डको बिजनेसमा महत्वपूर्ण स्थान ओगटेको बताइन्छ । फोर्डका फियस्टा, आइकोनलगायत सवारीले विश्व अटो मोबाइल उद्योगमै कायापलट ल्याएको हो ।

यस्ता सवारीको मूल्य घटाएर फोर्डले उपभोक्तालाई आकर्षित गर्न सफल भएको देखिन्छ । त्यस्तै फोर्डको इकोस्पोर्ट अर्को अति नै सफल सवारीका रूपमा लिइन्छ । २०१७ का विश्वका बेस्ट सेलिङ अटोमोबाइल कम्पनीको सूचीमा फोर्ड पाँचौं स्थानमा रहेको छ ।

६) फियाट
२०१६ मा फियाट एसपीए हल्यान्ड बेस्ड अर्गनाइजेसनसँग मर्ज भएको हो । फियाट र क्रिस्टलरसहित विलासी सवारी ब्रान्डहरूमा अल्फा रोमिओ, डोड्ग, फियाट, फियाट प्रोफेसनल, जीपलगायत रहेका छन् । एफसीएले फरारी, मासेराटीजस्ता प्रिमियम अटो ब्रान्ड जोडिँदै गरेको दाबी समेत गरेको छ ।

यो कम्पनीसँग करिब २ लाख मानिसहरू प्रत्यक्ष रूपमा संलग्न रहेका छन् । फियाटले आफ्नो यो उपस्थिति बनाउन ठूलै मेहनत गरेको छ । फोब्र्सको १० उत्कृट कार निर्माता कम्पनीको सूचीमा फियाट छैटौं स्थानमा रहेको छ ।

७) होन्डा मोटर

जापानी सवारी उत्पादक कम्पनी होन्डा उच्च बिक्री, रिजनेबल र सुहाउँदो सवारी ब्रान्डका आधारमा अब्बल सवारी उत्पादक कम्पनीमा पर्न सफल भएको हो । होन्डाले विशेष गरी विश्वभर अपर-ह्वाइट कलर क्लासलाई केन्द्रित गर्दै आएको छ । होन्डा सिभिक, होन्डा सीआरभी, होन्डा ब्रिओ जस्ता ब्रान्डले होन्डाका लागि राम्रो गरिरहेका छन् ।

होन्डाको अर्को महत्वपूर्ण ब्रान्ड हो सिटी, जसले कम्पनीको बिजनेसमै उच्च प्रभाव गरेको छ । होन्डाले आफ्नो उपस्थिति कार, ह्याचब्याक, एसयुभीलगायतमा बलियो बनाएको छ । स्टाइल, स्टे«न्थ, इफोर्टलेसनेसजस्ता विशेषताका कारण समेत लोकप्रिय भएको हो होन्डा । होन्डा २०१७ को सातौं उत्कृष्ट सवारी उत्पादक कम्पनी भएको छ ।

८) निसान मोटर

विश्वको १० उत्कृष्ट सवारी निर्माता कम्पनीमध्ये आठौं स्थानमा जापानी कम्पनी निसान मोटर रहेको छ । निसानको इन्जिन निक्कै उत्कृष्ट रहेको छ । त्यसैले पनि निसान विश्वको मुख्यमध्येको एक सवारी उत्पादक कम्पनी हो ।

निसान र फ्रान्सेली सवारी उत्पादक कम्पनी रेनो एक आपसमा अनुबन्धित रहेका छन् । यो अनुबन्धले दुवै कम्पनीलाई व्यावसायिक रूपमा सकारात्मक ऊर्जा थपेको छ । निसान मोटरअन्तर्गत निसान, इनफिनिटी र ड्याट्सन ब्रान्डका सवारी उत्पादन हुँदै आएको छ । २०१६ मा मात्र निसानले विश्वभर ५० लाख सवारी आपूर्ति गरेको थियो ।

९) बीएमडब्लू

जर्मन सवारी उत्पादक कम्पनी बीएमडब्लू १० उत्कृष्ट सवारी उत्पादकहरूको सूचीमा नवौं स्थानमा रहेको छ । यो प्रिमियम सवारीको रूपमा विश्वभर कहलिएको ब्रान्ड हो । बीएमडब्लूको निलो रे सेतो रंग मिसिएको लोगो छ, जुन विश्वभर स्वीकार गरिएको ब्रान्डका रूपमा रहेको बताइन्छ । गेम भेइकलका रूपमा बीएमडब्लूले आफ्नो पोर्टफोलियो बनाएको छ । बीएमडब्लूका सवारी ३ एरेन्जमेन्टमा आधारित छन् । बीएमडब्लू ग्रुपअन्तर्गत सबैभन्दा महत्वपूर्ण ब्रान्ड बीएमडब्लू नै रहेको छ ।

१०) एसएआईसी मोटर

एसएआईसी मोटर कर्पोरेसन चिनियाँ सवारी उत्पादक कम्पनी हो । यो चीनको सबैभन्दा ठूलो कार उत्पादक कम्पनीसमेत हो । एसएआईसी विश्वका १० उत्कृष्ट सवारी उत्पादक कम्पनीको सूचीमा दसौं स्थानमा रहन सफल भएको छ । यो कम्पनी चिनियाँ सरकारको स्वामित्वमा रहेको छ ।

एसएआईसी कम्पनीले २०१६ मा ५४ लाख सवारी उत्पादन गरेको थियो । उक्त कम्पनीसँग १ लाख ५० हजार मानिस कामका लागि प्रत्यक्ष जोडिएका छन् । १९४० को दशकदेखि कार उत्पादन सुरु गरेको एसएआईसी हाल चीनको सवारी उत्पादनमा पायोनियरको रूपमा रहेको छ ।


पुष्प दुलाल