सिटिजन्स बैंकको सेयर लिलामी असार १५ गतेबाट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले हकप्रदबाट नबिकेको सेयर लिलामी असार १५ गतेबाट गर्ने भएको छ ।

बैकले हकप्रदमा नबिकेको १ ला ९९ हजार ३१३ कित्ता संस्थापक सेयर र ४ लाख २० हजार ४९० कित्ता सर्बसाधारण समुहको सेयर लिलामी गर्ने भएको हो ।

सेयर लिलामीको लागी बैंकले बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापीटललाई नियुक्त गरेको छ ।

लिलामीमा सहभागी हुनेले सानिमा क्यापीटलबाट दरखास्त फारम खरिदगरी असार २१ गते भित्र आफुले लिन चाहेको सेयर संख्या र मुल्यभरी गोप्य सिलबन्दी बोलपत्र आबेदन पेसगर्न सक्ने छन् ।


क्लिकमान्डु