कैलाश विकास बैंकले माग्यो रोजगारीका लागि आवेदन



काठमाडौं । कैलाश विकास बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले केहि संख्यामा रोजगारीका लागि आवेदन माग गरेको हो ।

बैंकले लिगल अफिसर पदका लागि जुनियर अफिसर, अफिसर र सिनियर अफिसर माग गरेको छ । बैंकले न्युनतम शैक्षिक योग्यता कानूनमा स्नातक उर्तीणले आवेदन दिन सक्ने जनाएको छ । वित्तीय क्षेत्रमा लिगल डिर्पाटमेन्टमा ३ वर्षको अनुभव र ४० बर्ष उमेरसम्मले आवेदन दिन सक्नेछन् ।

बैंकले लमहि, बर्दिबास, इटहरी र उपत्यका भित्रका लागि ब्रान्च म्यानेजर पनि माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि जुनियर अफिसर, सिनियर अफिरका लागि आवेदन माग गरेको हो । स्नातकोत्तर उर्तीणले रोजगारीका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले म्यानेटमेन्ट ट्रेनिका लागि आवेदन माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनिका लागि स्नातकोत्तर उर्तीण, वित्तीय क्षेत्रको ४ वर्षको अनुभव तथा अफिस एप्पलिकेस प्रयोग गर्न सक्नेले आवेदन दिन सक्ने जनाएको छ ।

बैंकले आइटि सेक्टरका लागि ट्रेनि असिस्टेन्ट÷सिनियर असिस्टेन्ट पनि माग गरेको छ । कम्प्युटर विषयमा स्नातक उर्तीणले ट्रेनि असिस्टेन्ट÷सिनियर असिस्टेन्टमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले लमहि, बर्दिबास, कोहोलपुर र इटहरीका लागि ट्रेनि असिस्टेन्ट माग गरेको छ । स्नातक उर्तीण तथा अफि एप्पलिकेस प्रयोग गर्न सक्नेका लागि आवेदन माग गरेको बैंकले जनाएको छ ।

आवेदकले असार १४ गतेसम्म बैंकको वेवसाइट www.kailashbank.com/career.php बाट आवेदन दिन सक्नेछन् ।

 


पुष्प दुलाल