पचास करोडको पनि कारोबार नभएको नेप्सेमा किन भयो एभरेष्ट बैंकको उच्च कारोबार ?



काठमाडौं । मंगलबार नेप्सेको पूर्ण कारोबार रकम ४९ करोड २ लाख रुपैंयाँमा समेटिंदा एभरेष्ट बैंकको मात्र ४ करोड ६८ लाख रुपैंयाँको कारोबार भएको छ ।

एभरेष्ट बैंकले ३३ प्रतिशत हकप्रदको लागि असार ७ गतेलाई बुकक्लोज मिति घोषणा गरेपछि बैंकको कारोबार उच्च भएको हो । ३३ प्रतिशत हकप्रद पछि बैंकको चुक्ता पूँजी ६ अर्ब पुग्ने छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ५२ करोड रुपैंयाँ छ ।

१४३ कम्पनीको ९ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा पनि ५० करोडको कारोबार नाध्न नसकेको नेप्से ४.६३ अंकले बढेर १५८५.१५ अंकमा पुगेको छ ।

उपसूचकहरुमा उत्पादन ७.६३ अंकले घटेको छ भने अन्य सबै उपसूचकहरु बढेका छन् । बैंकिङ ३.६३, होटल १७.७९, बिकास बैंक २.०७, जलविद्युत १३.३२, वित्त १.४४, बीमा १४.६९ र अन्य ८.१ अंकले बढेका छन् ।

एभरेष्टपछि सबैभन्दा बढि कारोबार स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ करोड ९६ लाख रुपैंयाँको भएको छ । तेस्रोमा नेपाल इन्भेष्टमेन्टको २ करोड २२ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी नेपाल लाइफको १ करोड ८१ रुपैंयाँको कारोबार भएको छ ।

मंगलबार वल्र्ड मर्चेन्टका लगानीकर्ताले सबैभन्दा बढि ९.४० प्रतिशतले कमाएका छन् । यसैगरी तारागाउँ रिजेन्सीका लगानीकर्ताले ६.३७ प्रतिशत र सप्तकोशी बिकास बैंकका लगानीकर्ताले ५.७१ प्रतिशतले कमाएका छन् ।

मंगलबार हिमालयन डिस्टिलरीका लगानीकर्ताले सबैभन्दा बढि ७.८६ प्रतिशतले गुमाएका छन् भने सृजना फाइनान्सका लगानीकर्ताले ३.७५ प्रतिशतले गुमाए ।


क्लिकमान्डु