एभरेष्टको ३३ प्रतिशत हकप्रद पाउन असार ७ अगाडि सेयर किन्नुपर्ने



काठमाडौं । एभरेष्ट बैंकले जारी गर्न लागेको हकप्रद सेयरको लागि असार ७ गते बुकक्लोजको मिति तोकेको छ । एभरेष्टले अहिले कायम रहेको चुक्ता पुँजीमा ३३ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

३३ प्रतिशत हकप्रद सेयरपछि एभरेष्टको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्ने छ । हाल बैंकको  चुक्ता पुँजी ४ अर्ब ५२ करोड रुपैयाँ छ ।


क्लिकमान्डु