ज्योतिको हकप्रद भर्न अब दुई दिन बाँकी



काठमाडौं । ज्योति विकास बैंकको सेयर छ भने हकप्रद सेयर भर्नुहोस् । अब ज्योतिमा हकप्रद भर्नको लागि दुई दिनमात्र समय बाँकी रहेको छ ।

निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापिटलका अनुसार ज्योति विकास बैंकमा हकप्रद भर्ने समय दुई मात्र रहेको छ ।

ज्योतिले १:१ अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । हकप्रद सेयर सिदार्थ क्यापिटल तथा ज्योतिका शाखा कार्यालयबाट भर्न सकिन्छ ।


क्लिकमान्डु