दुरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमण प्रयास



Digambar Jha

काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आर्इतवार साँझ अनामनगरमा अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ ।

बेलुका ६ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले उहाँ सवार बा ६ च ५६१६ को गाडीमा आक्रमण गरेका थिए ।

‘मेरो गाडीमा उनीहरुले एकाएक रडले प्रहार गरे, गाडीमा पुरै क्षति भएको छ, पछाडीको भाग र सिसाहरू फुटेको छ”–अध्यक्ष झाले रासससँग भने ।  उनले घटनाबारे आफूले प्रहरीलाई जानकारी गराएको बताए ।


क्लिकमान्डु