नेरुडेको बिक्री नभएको हकप्रद सेयर लिलामीमा



काठमाडौं । नेरुडे लघुवित्त विकास बैंकको बिक्री नभएको हकप्रद सेयरको लिलामी खुल्ला भएको छ ।

बैंकले गत चैत १४ देखि बैशाख ७ सम्म हकप्रद सेयर जारी गरेको थियो । बैंकमा संस्थापक तर्फ ९३ हजार ९ सय ७७ कित्ता र सर्वसाधारणको १४ हजार ७ सय ५९ कित्ता सेयर बिक्री भएको थिएन ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलका अनुसार बिक्री नभएको हकप्रद सेयर लिलामीमा खरिद गर्नको लागि असार १३ देखि २० गतेसम्म भर्नुपर्ने छ ।

सेयर लिलामीको लागि न्यूनतम प्रतिकित्ता सयको दरले सनराइज क्यापिटलको कार्यालयबाट भर्न सकिन्छ । पछिल्लो सेयर कारोबार अनुसार नेरुडेको दोस्रो बजारमा सेयर मुल्य प्रतिकित्ता १३ सय रुपैयाँ छ ।


क्लिकमान्डु