नेप्से महाप्रवन्धकको क्रियाकलापमा लगानीकर्ता संघको विरोध



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का महाप्रवन्धक सिताराम थपलिया सेयर बजारको नियमनकारी निकायको धितोपत्र बोर्डको २५ औ वार्षिक उत्सवमा सहभागि नभएकोमा सेयर लगानीकर्ता संघले आपत्ती जनाएको छ ।

सेयर लगानीकर्ता संघले विज्ञप्ती जारी गरेर महाप्रवन्धकले धितोपत्र बोर्डको वार्षिकउत्सवमा सहभागी भएर सेयर बजारको समस्या समाधान गर्ने तर्फ लाग्नु पर्नेमा बजारको विकासको लागि संवेदनशिल नभएको आरोप लगाएको छ ।

नेप्से महाप्रवन्धक र धितोपत्र बोर्डको तित्तता सेयर बजारको विकासको लागि हितकर नहुँने भनाई संघको छ ।


क्लिकमान्डु