किन बोलायो सिद्धार्थ बैंकले विशेष साधारणसभा ?



काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष सकिने समयमा विशेष साधारणसभा बोलाएको छ ।

बैंकले आगामी असार १८ गते विशेष साधारणसभा बोलाएको छ । साधारणसभाको लागि असार ५ गते बुकक्लोज हुने जनाएको छ ।

बैंक सम्बन्ध स्रोतका अनुसार बैंकले साधारणसभामा हकप्रद सेयरको प्रस्ताव लग्ने छ । बैंकको अहिले चुक्ता पुँजी ६ अर्ब ८२ करोड रुपैयाँ छ ।

राष्ट्र बैंकले असार मसान्तसम्ममा चुक्ता पुँजी ८ अर्ब पुर्याउनुपर्ने नीति लिएको छ । जस अनुसार बैंकको चुक्ता पुँजी एक अर्ब १८ करोड रुपैयाँले अपुग छ ।


क्लिकमान्डु