राजपासँगको बार्ता बिफल भएसँगै नेप्सेमा पहिरो



काठमाडौ । सरकारले राजपासँग गरेको बार्ता बिफल भएसँगै नेप्सेमा पहिरो गएको छ । साताको करोबारको पहिलो दिन नेप्से २४.७ अंकले घटेको छ ।

सरकार र मधेसमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी बिच संबिधान संशोधन, स्थानीय निकाय थप, चुनावमा सहभागीता लगायत बिषयमा आज ‘अन्तिम बार्ता’ भएको थियो । यस बार्ताको असफलतासँगै राजपाले दोस्रो चरणको चुनावमा भाग लिने संभावना लगभग टरेको छ । साथै, दास्रो चरणको चुनावमा सुरक्षा लगायत बिषयमा केही जटिलता पनि देखिएको छ ।

राजनीतिको यो जटिलता झण्डै २५ अंकको गिरावटसँगै नेप्सेमा पनि देखिएको छ । कारोबार रकम भने गत हप्ताको अन्तिम दिनकोे तुलनामा केही सुधार आएको छ ।
आइतबार १४६ कम्पनीको ११ लाख २३ हजार कित्ता सेयर कारोबार हुँदा ७१ करोड १३ लाख रुपैंयाँको कारोबार भएको छ ।

आइतबार होटल ३०.६८ अंक र उत्पादन १९.०६ अंकले बढेको छ भने अन्य सबै उपसूचकहरु घटेका छन् । बैंकिङ २५.४३, बिकास बैंक २०.१, जलबिद्युत ४५.९३, बित्त ७.५२, बीमा १३८.३३ र अन्य १३.०२ अंकले घटेका छन् ।

सबैभन्दा बढि कारोबार भने स्ट्यान्र्डड चार्टड बैंकको भएको छ । चार्टडको ७ करोड ५३ लाख रुपैंयाँको कारोबार भएको छ । एनएमबि बैंकको प्रमोटर सेयरको ४ करोड ८१ लाख, नेपाल लाइफको २ करोड ४६ लाख र एनएमबी बैंकको २ करोड ११ लाख रुपैंयाँको कारोबार भएको छ ।

बिगत केही कारोबार दिन झैं आजपनि आरएसडिसि लघुबित्त र वल्र्ड मर्चेंन्टका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने एनएमबि प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा बढि ८.५६ अंकले गुमाएका छन् ।


क्लिकमान्डु