११ नेपालीका भागमा १ सवारी



काठमाडौं । जनसंख्याका आधारमा हेर्दा ११ जना नेपालीलाई १ वटामात्रै सवारी साधन पर्ने देखिएको छ ।

चालू आर्थिक वर्षको ८ महिनामा २ लाख ६३ हजार ८ सय ७१ वटा सवारी साधन दर्ता भएका छन् । यो सहित देशभरका यातायात कार्यालयहरुमा दर्ता भएका सवारीसाधनको संख्या २६ लाख २ हजार ९ सय ८६ पुगेको छ ।

सडक विस्तारको तुलनामा सवारी साधनको बृद्धि उल्लेख्य वृद्धि भएकाले सडक चापको समस्या बढ्दो देखिन्छ ।

हाल नेपालको जनसंख्या २ करोड ८३ लाख छ । कूल जनसंख्यालाई कूल दर्ता भएका सवारी साधनले भाग गर्दा ११ नेपालीका भागमा १ वटाच सवारी साधान पर्न आउँछ ।

चालू आवको ८ महिनामा ५ हजार १ सय ७१ किलोमिटर मात्रै सडक निर्माण भएकोे छ । सडक विभाग र स्थानीय निकायले चालू आवको ८ महिनासम्ममा निर्माण गरेको कूल सडक ८६ हजार ७ सय ८९ हजार किलोमिटर छ ।

सरकारी तथ्यांकअनुसार नेपालमा १ किलोमिटर सडक बराबर ३० वटा सवारी साधान संचालनमा रहेको देखिन्छ । सडक विस्तारको तुलनामा सवारी साधनको बृद्धि उल्लेख्य वृद्धि भएकाले सडक चापको समस्या बढ्दो देखिन्छ ।


पुष्प दुलाल