यी हुन् विराटनगर महानगर र उपमहानगरका एमालेका उम्मेदवार



काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि विराटनगर महानगरपालिकासहित २ उपमहानगरपालिकामा आफ्ना उम्मेदवार तय गरेको छ ।

पार्टीले विराटनगर महानगरपालिका प्रमुखमा मोरङका जिल्ला अध्यक्ष विनोद ढकाललाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा परिस्थितिको विश्लेषण र स्थानीय राय-सल्लाहका आधारमा निर्णय गर्ने अधिकार प्रदेश नं १ का संयोजक भीम आचार्यलाई दिएको छ ।

यस्तै धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारी तथा इटहरी उपमहानगरपालिका प्रमुखमा द्वारिकलाल चौधरी र उपप्रमुखमा लक्ष्मी गौतमलाई उम्मेदवारी दिने निर्णय गरेको छ ।


पुष्प दुलाल