बेलायती निर्वाचनमा सत्तारुढ दलको बहुमत नआएपछि मुद्राको मुल्य घट्यो



लण्डन। बेलायती प्रधानमन्त्री थेरेसा मेको कन्जर्भेटिभ पार्टीले बिहीवार भएको मध्यावधि निर्वाचनमा बहुमत नल्याएपछि देखिएको राजनैतिक अनिश्चिततासँगै बेलायती मुद्रा पोन्डस्टर्लिङको मुल्यमा शुक्रबार गिरावट आएको छ ।

बेलायतको यूरोपियन युनियन ९इयू०बाट बहिर्गमन प्रक्रिया शुरु हुनुभन्दा केही दिन पहिले भएको निर्वाचनमा सत्तारुढ दललाई बेलायती जनताले अनपेक्षित मत परिणाम दिएका छन् ।

स्टर्लिङको शुक्रबार बिहान सात हप्ता यताकै सवैभन्दा तल १।२६३६ अमेरिकी डलरमा कारोबार भएको छ भने यूरो भने सात हप्तामा सवैभन्दा माथि ८८।५९ मा कारोबार भएको थियो ।

तर बेलायती मुद्रामा आएको अवमुल्यनले लण्डन शेयर बजारमा उच्चविन्दुमा पुगेको छ । बेलायत बाहिर रहेका स्टर्लिङमा कारोबार नगरी अन्य मुद्रामा कारोबार गर्ने बहुराष्ट्रिय कम्पनीलाई भने राहत भएको र यसको प्रभाव शेयर बजारमा देखिएकोे बताइएको छ ।

बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम सार्वजनिक हुने क्रम लगभग अन्तिमतिर पुग्दा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने स्पष्ट भइसकेको छ ।

मत परिणाम आउदैगर्दा सत्तारुढ दलको यो अवस्था हुनुमा प्रधानमन्त्री थेरेसा मेको चर्को आलोचना पनि सुरु भएको छ । यससँगै प्रधानमन्त्री मेले आफ्नो पदबाट राजिनामा दिनुपर्ने आवाजहरु पनि चर्कोगरी बाहिर आएका छन् ।

उनले समय नपुग्दै निर्वाचनको आह्वान गरेका कारण पार्टीको यस्तो अवस्था आएको भन्दै प्रधानमन्त्री मेको दलबाट नै व्यापक आलोचना भएको छ ।

प्रधानमन्त्रीको दलको यो अवस्थासँगै उनको पुरानो एजेण्डका रुपमा रहेको युरोपेली युनियनबाट बेलायतको बहिर्गमनको विषय पनि अन्योलमा पर्ने सम्भावना देखिएको छ । यद्यपि प्रधानमन्त्री मेले निवाचनका कारण बेलायतको इयूबाट बहिर्गमन प्रक्रियामा कुनै असर नपर्ने बताउनुभएको छ ।

एक स्थानको नतिजा घोषणा नहुदासम्म प्रधानमन्त्रीको दललाई बहुमतका लागि चाहिने आठ स्थान नपुगभएको छ ।

शुक्रबार बिहानसम्ममा यहाँका ६५० मध्येका ६४९ स्थानको परिणाम आइसकेको छ । यसमध्ये कन्जर्भेटिभ पार्टीले सन् २०१५ को निर्वाचनमा ३३१ स्थान बिजय गरेको थियो जुन घटेर ३१८ मा पुगेको छ भने लेबर पार्टीले पहिलेको २२९ बाट बढाएर २६१ पु¥याएको छ ।

प्रधानमन्त्री मेले शुक्रबारै महारानी एलिजावेथ द्वितीयलाई भेटी नयाँ सरकार बनाउन स्वीकृति लिने तयारी रहेको उहाँको दलले जनाएको छ । रासस÷एएफपी


पुष्प दुलाल