यसरी चल्छ अर्बौंको फुटवल अर्थतन्त्र, क्लबका मालिक अर्बपति
काठमाडौं । खेलाडीका लागि फुटवल पेसा हो भने क्लब सञ्चालकका लागि यो व्यवसाय हो । सफलतालाई आर्थिक नाफामा म्यानचेस्टर युनाइटेडले जति कुनै पनि फुटबल क्लबले बदल्न सकेका छैनन् ।
‘रेड डेभिल्स’ समेत भनेर चिनिने म्यानचेस्टरले सन् १९९२ पछि मात्र १३ वटा प्रिमियर लिग र सन् १९९९ र २००८ गरी दुईवटा च्याम्पियन्स लिग जितिसकेको छ ।
र, अहिले बिगत ५ बर्षमा पहिलोपटक ३.६९ अर्ब डलरको कुल मुल्याङ्कनसहित बिश्वकै सबैभन्दा महत्वपूर्ण फुटबल क्लब (मोस्ट भ्याल्युएबल क्लब) भएको छ ।
क्लबले पहिलो स्थानमा फेरी जमाएको कब्जाले क्लबको ब्राण्ड भ्याल्यु र मार्केटिङ चातुर्यको पुष्टि गर्दछ ।
म्यानचेस्टर युनाइटेडले सन् २०१५/१६ मा ७६ करोड ५० लाख डलर कमाएको छ । यो भनेको अन्य दुई फुटबल हस्ती बार्सिलोना र रियल म्याड्रिड भन्दा ७ करोड ७० लाख डलरले बढी हो ।
म्यानचेस्टरले ‘एडर्भटाइजिङ’ र ‘स्पोन्सरसिप’ बाट ४० करोड डलर भन्दा बढि कमाएको छ, जुन बिश्वका कुनै पनि क्लब भन्दा बढि हो ।
क्लबको संचालन नाफा पनि झण्डै २९ करोड डलर रहेको छ । यो बिश्वकै चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले खेल्ने क्लब रियल म्याड्रिडको भन्दा झण्डै ११ करोड डलरले बढि हो ।
अब अर्को बर्ष पनि रेड डेभिल्सलाई उछिन्न सजिलो हुने छैन । युरोपा लिगमा बिजेता बन्दै च्याम्पियन्स लिगमा छनौट भएपछि म्यान्चेसटरको आम्दानीमा भारी बृद्धि हुने देखिन्छ ।
बिश्वका महत्वपूर्ण फुटबल क्लबहरु भनेर सामान्यतः त्यस्ता क्लबलाई चिनिन्छ, जसको लोकप्रियता, ब्राण्ड भ्याल्यु र बिश्वब्यापी रुपमा सर्मथकहरु धेरै हुन्छन् ।
यो बर्ष बिश्वका २० महत्वपूर्ण क्लबहरुको औसत मुल्याङकन १ अर्ब ४८ करोड डलर छ । यो गत बर्ष भन्दा ३ प्रतिशतले बढी हो ।
यस सूचीमा म्यानचेस्टर युनाइटेड पछि भने बार्सिलोना (३.६४ अर्ब डलर), रियल म्याड्रिड (३.५८ अर्ब डलर), बार्यन म्युनिख (२.७१ अर्ब डलर) र म्यानचेस्टर सिटी (२.०८ अर्ब डलर) रहेका छन् ।
कुल लिगको प्रतिसिजन ब्रोडकास्टिङ राइट कति ? (दश लाख डलरमा)
लिग | घरेलु | अन्तराष्ट्रिय | कुल | अबधि |
प्रिमियर | २,३४० | २,२१० | ४,५५० | २०१७/१९ |
बुन्डेसलिगा | १,२९९ | २६९ | १,५६८ | २०१८/२१ |
सिरी ए | १,०५६ | २०८ | १,२६४ | २०१६/१८ |
ला लिगा | ९८९ | २७१ | १,२६० | २०१७/१९ |
लिग | ८१३ | ९० | ९०३ | २०१७/२० |
ब्रोडकास्टिङ राइटबाट आएको पैसाको निश्चित प्रतिशत पछि क्लबहरुको आम्दानीको मुख्य स्रोत भनेको लुगा फाटो र खेलकुद सामग्रीको स्पोन्सरसिप हो ।
कुन क्लबलाई स्पोन्सरहरुले बार्षिक रुपमा कति तिर्छन् ? (दश लाख डलरमा)
बार्सिलोना | २३३ |
रियल म्याड्रिड | २१६ |
म्यान्चेस्टर युनाइटेड | २१४ |
चेल्सी | १४८ |
बार्यन म्युनिख | १०९ |
आर्सनल | ८९ |
लिभरपुल | ८२ |
म्यान्चेस्टर सिटी | ७७ |
टोटेनहम | ७४ |
युभेन्टस | ५२ |
कस्ता छन् यी क्लबका मालिकहरु ?
करोडौं डलर कमाउने यस्ता क्लबका मालिकहरु निकै धनी हुने नै भए । बिश्वका २० सबैभन्दा महत्वपूर्ण फुटबल क्लबका माकिहरु मध्ये ८ क्लबका मालिकहरु अर्बपति नै छन् ।
क्लबका अर्बपति मालिकहरु | कुल सम्पत्ति (अर्ब डलर) | क्लब |
एलिसर उस्मानभ | १५.२ | आर्सनल |
रोमन इब्रामोभिच | ९.१ | चेल्सी |
स्टेन्ली क्रोन्के | ७.५ | आर्सनल |
जोसेफ लुइस | ५.७ | टोटेनहम |
ग्लेजर परिवार | ४.५ | म्यान्चेस्टर युनाइटेड |
भिचाइ स्रिभद्दाप्रभा | ४.२ | लेस्टर सिटी |
सेख मन्सुर | ४ | म्यान्चेस्टर सिटी |
जोन हेन्री | २.५ | लिभरपुल |
एग्नेली परिवार | १ | युभेन्टस |