एलजीको कमर्सियल वासिङ मेसिन नेपाली बजारमा



काठमाडौं । एलजी ब्राण्डको लागि अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजी इम्पेक्सले नेपाली बजारमा एलजीको कमर्सियल वासिङ मेसिन भित्राएको छ ।
एलजीले डोमेस्टिक वासिङ मेसिनको सफलता पाश्चात दुई नयाँ कमर्सियल वासिङ मेसिन भित्राएको हो ।

कम्पनीले बजारमा ल्याएको वासिङ मेसिन १०.२ केजी र १५ केजी क्षमताका छन् । १०.२ केजी मोडलको ३ लाख ४५ हजार ७ सय ९० रुपैयाँ र १५ केजीको ४ ला ५४ हजार १ सय ९० रुपैयाँ छ ।

कम्पनीका अनुसार डोमेस्टिक वासिङ मेसिनको तुलनामा कमर्सियल वासिङ मेसिनले ३ गुणा ‘टोटल वास साइकल’ रहेको छ ।

यी दुई मेसिनमा हाइ इफिसेन्टी इन्भटर डाइरेक्ट ड्राइभ मोटर जडित छन् । जसको मद्दतले लुगा धुँदा भाइब्रेसन कम हुने र उर्जा बचत हुन्छ ।


पुष्प दुलाल