हिरोका यी ५ मोटरसाइकल, अब तपाईंले बजारमा किन्न पाउनुहुन्न



भारत । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोर्कपका ५ मोडलका मोटरसाइकल बजारमा उपलब्ध नहुने भएका छन् ।

हिरोले आफ्ना ५ मोडलका मोटरसाइकल जसले बजारमा राम्रो प्रभाव पार्न नसकेका कारण उत्पादन तथा बिक्री बन्द गर्न लागेको हो ।

केहि महिनाअघि कम्पनीले आफ्नो वेवसाइटबाट केहि मोडलका मोटरसाइकल हटाएको छ । कम्पनीले अहिले बजारमा राम्रो प्रभाव भएको मोटरसाइकल मात्र बेच्ने लक्ष्यका साथ अघि बढेको भारतीय पत्रिकाकाहरुले जनाएका छन् ।

कम्पनीका केहि मोटरसाइलका मोडल पुरानो हुनुका साथै युवालाई आर्कषित गर्न नसकेकाले उत्पादन तथा बिक्री बन्द गर्न लागेको हो ।

सन् २०११ मा होन्डासँगको साझेदारी सकिएपछि हिरो मोटोर्कपले आफ्नो इन्जिन र टेक्नोलोजिमा सुधारको काम गरिरहेको छ ।

कम्पनीको हिरो एक्सट्रिम र हिरो हंकमा होन्डा यूनिकर्नमा राखिएको इन्जिनको प्रयोग गरिएको थियो । त्यसैले कम्पनीले अहिले यि दुई मोडलका मोटरसाइकल बन्द गर्ने निर्णय गरेको हो ।

अब हिरो मोटोर्कप यी मोटरसाइकल बजारमा उपलब्ध हुने छैनन् ।

हिरो हंक

कम्पनीले अफ्नो वेवसाइटको उत्पादन सूचीचबाट हिरो हंक हटाएको छ । हंकको बिक्री उल्लेखनीय नभएकाले बन्द गरिएको छ । त्यसैगरी, हंक मोटरसाइकलमा राखिएको बिएस–३ इन्जिनलाई अपग्रेट गर्ने कम्पनीले निर्णय लिएको छैन ।

हिरो एक्सट्रिम

कम्पनीले हिरो एक्सट्रिमको उत्पादन बन्द गरेको छ । तर, कम्पनीको वेवसाइटमा हिरो एक्सट्रिम स्पोर्टस उपलब्ध छ । यस मोटरसाइकलमा डोन्डाको पुरानो इन्जिन छ । जसलाई हालसम्म अपडेट गरिएको छैन ।

हिरो ग्ल्यामर एफआई

कम्पनीले हिरो ग्ल्यामर एफआई मोटरसाइकलको उत्पादन पनि बन्द गरेको छ । बिक्री कम भएकाले कम्पनीले यस मोडलको मोटरसाइकल बन्द गरिएको हो ।

हिरो इग्नेक्टर

कम्पनीले हिरो इग्नेक्टर मोडलको मोटरसाइकलको उत्पादन पनि बन्द गरेको छ । हिरो इग्नेक्टरले पनि बजारमा अपेक्षाकृत बिक्री हासिल गर्न सकेको थिएन ।

हिरो एचएफ डिएडब्लुएन

कम्पनीले हिरो एचएफ डिएडब्लुएनको पनि बिक्री कम भएकाले उत्पादन बन्द गरेको छ । हिरो एचएफ डिएडब्लुएनको ठाउँमा कम्पनीले ‘एचएफ डिलक्स’ र ‘एचएफ डिलक्स ई’को बिक्री गरिरहेको छ ।


पुष्प दुलाल