प्राइम बैंकमा रोजगारीको अवसर



काठमाडौं । प्राइम कमर्सियल बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजरदेखि ट्रेनि असिस्टेन्टसम्मका पदका लागि आवेदन माग गरेको हो ।

बैंकले असिस्टेन्ट म्यानेजरका लागि स्नातक उर्तीण र ७ वर्षसम्मको वित्तीय अनुभवभएका लागि आवेदन खुल्ला गरेको छ ।

यसैगरी, उपत्यका र उपत्यका बाहिरका लागि ब्रान्च म्यानेजर पनि बैंकले माग गरेको छ । ब्रान्च म्यानेजरका लागि स्थानतक उर्तीण र वित्तीय क्षेत्रमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

बैंकले उपत्यका र उपत्यका बाहिरका जुनियर अफिसर र सिनियर अफिसरका लागि आवेदन माग गरेको छ । अफिसरका लागि स्नातक उर्तीण र वित्तीय क्षेत्रमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

इन्टरनल अडिटका लागि बैंकले सिए÷एसिसिए वा एमबिए उर्तीण तथा सम्बन्धीत क्षेत्रमा ३ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

बैंकले म्यानेजमेन्ट ट्रेनिका लागि स्नातकोत्तर उर्तीण र ३० वर्ष उमेरसम्मका लागि आवेदन खलाएको छ ।

गोल्ड लोन सुपरभाइजरका लागि सम्बन्धीत क्षेत्रमा ५ वर्षको अनुभव तथा माइक्रोसफ्ट अफिस एप्पलिकेसन प्रयोग गर्न सक्नेका लागि बैंकले आवेदन माग गरेको छ ।

ट्रेनि असिस्टेन्ट पदका लागि स्नातक उर्तीण र २८ उमेरसम्मका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

आवेदकले असार २ गतेभित्रमा आवश्यक कागजात सहित बैंकको मेल www.cmsjob.com बाट आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल