एनआईसी एसिया बैंकको सेयर लिलामी असार १ बाट, २ लाख ९८ कित्ता लिलामी हुने



काठमाडौं । एनआईसी एसिया बैंकको सर्बसाधारण समुहको सेयर लिलामी यहि असार १ गतेदेखि खुल्ला हुने भएको छ ।

चैत्र १६ गतेदेखि खुलेको हकप्रद सेयर सेयरधनीले पुरा नभरेकाले उक्त सेयर लिलामी गर्न लागिएको हो ।

बैंकले २ लाख ९८ हजार ५३६ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।
लिलामीमा सहभागी हुनेले १०० रुपैयाँ तिरेर एनआईसी एसिया क्यापीटलबाट फारम खरिदगरी आफुले कबुल्न चाहेको सेयर संख्या र मुल्य सिलबन्दी गरि बुझाउनु पर्ने छ ।


क्लिकमान्डु