बाबुराम भट्टराई भने- बुढीगण्डकी आयोजनाको ठेक्कामा तीन दलले राष्ट्रघात गरे



काठमाडौं । नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले १२ सय मेगावाटको जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिएर प्रमुख तीन दलले राष्ट्रघात गरेको आरोप लगाएका छन् ।

बुढीगण्डकी निर्माण हुने गोरखाका बासिन्दा समेत रहेका भट्टराईले कांग्रेस,एमाले र माओवादी केन्द्रले सिण्डिकेट गरेको गरे बुढीगण्डकी ठेक्का दिदा ठूलो अनियमिता गरेको बताए ।

‘बुढीगण्डकी परियोजना ठेक्का प्रक्रियाले तीन मिलेर जस्तोपनि अनियमिता गर्न सक्ने देखाएको छ’उनले भने,‘ जनतामा यसलाई भण्डाफोर गर्न जरुरी रहेको छ’
नयाँ शक्तिले प्रमुख तीन दलले गरेको अनियमिताको देशभर भण्डाफोर गर्ने भट्टराईले बताए ।

पुष्पकमल दाहाल‘प्रचण्ड’ सरकारले राजिनामा गरेपछि राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी चिनियाँ गेजुवालाई दिने निर्णय गरेको थियो । गेजुवा नेपालको निर्माण क्षेत्रमा बद्नाम भएको कम्पनी हो ।


क्लिकमान्डु