चिनियाँ कम्पनीलाई दिने आयोजनाको किन गरिँदैन ग्लोवल टेण्डर ?



काठमाडौं । नेपालमा निर्माण क्रममा रहेका मध्येकै सबैभन्दा ठुलो १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा किन ग्लोवल टेन्डरको आह्वान गरिएन ।

पाँच बर्षअघि पनि पश्चिम सेती जलबिद्युत आयोजना चीनियाँ कम्पनीलाई दिदा सीधै मन्त्रीपरिषदले निर्णय गरेर दिएको थियो । थ्रि गर्जेजलाई निर्माण जिम्मा दिइएको यो आयोजना ५ बर्षमा कुनै उल्लेखनीय काम भएको छैन ।

अष्ट्रेलियन कम्पनी स्मेकले पहिला निर्माणको जिम्मा लिएर लगानी जुटाउन नसकेको पश्चिम सेती आयोजना सन् २०१२मा चिनियाँ कम्पनी थ्रि गर्जेजलाई दिइएको हो ।

अहिले सरकारले आफ्नै लगानीमा निर्माण गर्ने घोषणा सहित बिस्तृत आयोजना प्रतिबेदन (डीपीआर) समेत तयार गरिसकेको थियो । यस्तोमा आफैं लगानी गरेर निर्माण गर्न नसक्ने हो भने, अधिकतम प्रतिफल प्रप्त गर्ने माध्यम ग्लोवल टेन्डर नै थियो ।

राष्ट्रिय गौरबका आयोजनामा सामेल गरेर काम अघि बढाइएको यस आयोजना किन चीनियाँ कम्पनी गेजुवालाई दिइयो, यसबारे न सरकारले केही बोलेको छ, न प्रमुख प्रतिपक्ष दल नै । यस्तोमा प्रश्न उढ्नु स्वभाबिक हो, किन बिना प्रतिस्प्रर्धा आयोजना दिइयो ?

यसअघिका ठुला आयोजना अरुण तेस्रो र अपर कर्णाली

यसअघि ९०० मेगावाटको अरुण तेस्रो आयोजना विश्वव्यापी प्रतिस्र्धा गराएर दिइएको थियो ।

भारतिय सरकारी कम्पनी सतलजले यसको निर्माण गर्ने जिम्मा पाएको थियो । उसले आयोजनाको २१.९ प्रतिशत बिजुली निशुल्क नेपाललाई दिने प्रस्ताब गरेको थियो । यस आयोजना निर्माणको लागी आवस्यक जग्गाको व्यवस्था अझै भइसकेको छैन ।

अपर कर्णाली आयोजना पनि ग्लोवल टेन्डर गरिएको आयोजना हो । ९०० मेगावाटको यस आयोजना निर्माण भारतिय कम्पनी जीएमआरले गर्ने अनुमति पाएको यस आयोजनाले २७ प्रतिशत इक्वटी र १२ प्रतिशत निशुल्क उर्जा दिने प्रस्तब गरेको थियो । उसको प्रसताव सबैभन्दा आर्कषक भएको कारण यि आयोजना भारतिय कम्पनीलाई दिइएको थियो ।

अन्योलमा बुढीगण्डकी

इन्जियरीङ, प्रोकुमेन्ट, कन्ट्रक्सन र फाइनान्सिङ (इपीसीएफ) मोडलमा निर्माण जिम्मा लिएको गेजुवाले कति समयमा यो आयोजना निर्माण सम्पन्न गर्ने भन्ने प्रस्ट छैन ।

डीपीआर तयार भइसकेको यस आयोजना यसरी अनिश्चितामा दिदा यसले नेपाललाई कस्तो फाइदा पुग्छ अहिले भन्न सक्ने अबस्था छैन ।

गेजुवाले वित्तीय व्यवस्थापनको लागी अध्यनसुरु गर्ने जनाएको छ । यस्तोमा वित्तीय व्यवस्थापन कति समय लाग्छ भन्न सकिने अबस्था छैन । अर्को बिद्युत बिक्रीको लागी बजारको कुरा आउनसक्छ ।

पश्चिम सेतीमापनि थ्रि गर्जेजले अहिलेसम्म त्यही समस्या देखाउँदै आएको छ । यो समस्या बुढीगण्डकी आयोजनामा नआउला भन्न सकिँदैन ।


पुष्प दुलाल