कलकत्तामा ट्रक व्यवसायीले गरेको हड्तालले एकसातादेखि आयात ठप्प



काठमाडौं । एकसातादेखि कलकत्ताबाट नेपाल आइने सामान रोकिएका छन् ।

कलकत्तामा रहेको इन्डो नेपाल ट्रक एण्ड टेलर ओनर्स वेलफेयर एशोसियनले गरेको आन्दोलनको कारण एकसातादेखि नेपाल आउने सामान कलकत्ता बन्दरगाहमा रोकिएको छ।

नेपाल फ्रेट फरवार्डस् एशोसियनले विज्ञप्ती जारी गर्दै एशोसियनले अनावयक माग राखेर आन्दोलन गरेको जनाएको छ ।

कलकत्तामा भएको अवरोधले राखेको गलत मागको कारण नेपाली व्यवसायीहरु आर्थिक नोक्सान हुने एशोसियनले जनाएको छ ।

नेपाली कन्टेनरले डिटेन्सनको रुपमा धेरै शुल्क तिर्नुपर्ने भएको भन्दै यसको मार अन्तिममा उपभोक्तलाई पर्ने छ ।

कलकत्तामा ट्रक व्यवसायीले गरेको हड्तालको माग सम्बोधनको लागि भएको छलफलमा कुनै निष्कर्ष नआएको एशोसियनले जनाएको छ ।


क्लिकमान्डु