रैराङ हाईड्रोपावरको आइपिओ भोलिदेखि



काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनीले आयोजना रहेको क्षेत्र पाँचथर र ताप्लेजुङका जनतालाई दिने साधारण सेयर भोलिदेखी वितरण गर्ने भएको छ ।

आयोजनाबाट सबैभन्दा बढी प्रभाबित पाँचथरको थर्पु गाबिस र ताप्लेजुङको साव्लाखु गाबिसका जनतालाई सबै भन्दा धेरै २ लाख २४ हजार कित्ता बितरण गर्नलागेको आयोजनाले सुचना प्रकाशित गरेको छ ।

बाँकी ३ लाख ३६ हजार कित्ता दुबै जिल्लाका अन्य वासिन्दालाई वितरण गर्ने छ । दुबै गरेर आयोजनाले ५ लाख ६० हजार कित्ता सेयर स्थानियवासीलाई वितरण गर्ने छ ।


क्लिकमान्डु