सार्वजनिक खर्च र वित्तीय व्यवस्थापनलाई पारदर्शि बनाउनुपर्ने



काठमाडौं । सार्वजनिक खर्च र वित्तीय व्यवस्थापनलाई पारदर्शिता बनाउँदा जनताको विश्वास हासिल गर्न सकिने सरोकारबालाहरुले बताएका छन् । आर्थिक पत्रकार समाज नेपाल र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयले संयुक्तरुपमा आयोजना गरेको सार्वजनिक खर्च तथा वित्तीय व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा सरकारी खर्चलाई पारदर्शि बनाउँदै त्यसको उत्तरदायित्व बहन गर्नुपर्ने सरोकारबालाहरुले बताएका हुन् ।

कार्यक्रममा बोल्दै पेफाका सचिवालयका संयोजक केवल प्रसाद भण्डारीले अहिलेको संघिय संरचनामा स्थानीय तहमा गएको रकमको व्यवस्थापनको जानकारी लिन कठिन हुने बताए । लोकल लेभलमा गएको रकमको अवस्था भयावह हुनसक्ने । के होला भनेर यसलाई कसरी मेन्टेनेन्स गर्ने भनेर चुनौती लागेको छ, उनले भने ।

स्थानिय तहमा गएको रकम कम भएको भन्दै उनले त्यसको लागि स्थानीय तहमा काम गर्न सक्ने प्रणाली छ कि छैन भन्ने हेर्नुपर्ने बताए ।
त्यसैगरी पेफाका सदस्य सचिव मुरारी निरौलाले सार्वजनिक खर्चको गुणात्मकता कसरी बढाउन सकिन्छ भन्ने चुनौती रहेको बताए । उनले मुलुक संघियतामा गएको हुँदा सार्वजनिक खर्च र वित्तिय व्यवस्थापनलाई पुनःसंरचना गर्नुपनि कठिन भएको बताए । त्यसैगरी एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणाली विकासले सार्वजनिक खर्च र राजस्व व्यवस्थापनमा महत्वपूर्ण फड्को मार्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै सार्वजनिक खर्च र वित्तिय व्यवस्थापनका राष्ट्रिय परामर्शदाता राजेन्द्र शाक्यले सार्वजनिक खर्च र वित्तिय व्यवस्थापनलाई इन्सेन्टिभमा आधारित प्रणाली बनाउनुपर्ने बताए । उनले सार्वजनिक वित्तीय संरचना कमजोर हुँदा अर्थतन्त्रको अन्य क्षेत्र र लगानीकर्तामा नकारात्मक असर पर्ने भन्दै उच्च पारदर्शिताले सरकारमाथि नागरिकको उच्च विश्वास बढ्ने र अधिक सहभागीता हुने बताए ।

कार्यक्रमा कारोबार दैनिकका सम्पादक कुवेर चालिसेले सार्वजनिक खर्च र वित्तिय व्यवस्थापन विषयलाई समाचारको रुपमा प्रस्तुत गर्ने तरिकाको बारेमा जानकारी दिएका थिए ।


क्लिकमान्डु