विकासका लागि युवा तथ्याङ्क विषयक कार्यशाला सम्पन्न



काठमाडौँ । राष्ट्रिय युवा परिषद् र विकास उद्धमीको संयुक्त आयोजनामा ‘विकासका लागि युवा तथ्याङ्क’ नामक एकदिने कार्यशाला त्रिपूरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ । युवा तथ्याङ्क व्यवस्थापन कसरी प्रभावकारी ढङ्गबाट गर्न सकिन्छ र नेपालमा युवा जनगणनाको अवधारणागत स्वरूप कस्तो हुनुपर्छ भन्ने विषयमा कार्यशाला भएको हो।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल र सहसचिब मुक्ति सिंह ठकुरीले युवाको शशक्तिकरणको लागि सबैभन्दा पहिला युवा व्यवस्थापन हुनुपर्नेमा जोड दिएका थिए । बक्ताहरूले राष्ट्रिय युवा दुरदृष्टि २०२० को कार्यान्वयनको लागि युवा तथ्याङ्कले ठुलो सहयोग गर्ने बताए ।

विकास उद्धीका सिइयो सन्तोष गडतौला र विकास उद्यमीकै अभियान नेपाल इन डाटाका कार्यक्रम संयोजन महेश्वर गिरीले विभिन्न निकायहरुबाट प्रकाशित युवा सम्बन्धी तथ्याङ्कहरूलाई कसरी व्यस्थित गर्न सकिन्छ र त्यसको विश्लेषणको आधारमा कसरी नँया अवसरमुखी नीति निर्माण र कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा प्रस्तुतीकरण गरेका थिए ।

सो कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय¸ शिक्षा¸ उद्योग¸ कृषि विकास¸ श्रम तथा रोजगार¸ सँस्कृति तथा पर्यटन¸ शान्ति तथा पुनर्निर्माणलगायत २३ सरकारी मन्त्रालयका अधिकृतहरूका साथै सिटिइभिटिसहित युवाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु