अर्थमन्त्रालयले भन्योः पेन्सन पट्टा मन्त्रालयले बनाउँदैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा प्रधानन्यायधीश शुसीला कार्कीको पेन्सन पट्टा अर्थमन्त्रालयले रोकेको कुरा गलत भएको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रालयका प्रवक्ता रामशरण पुडासिनीले पेन्सन पट्टाको बनाउने काम अर्थमन्त्रालयले नगरेर निवृतिभरण महाशाखाले गर्ने भन्दै अर्थले यसमा केहीपनि हस्तक्षेप नगरेको बताए ।

केपी ओलीले व्यवस्थापिका संसद्मा बोल्दै अर्थमन्त्रालयले कार्कीको पेन्सन पट्टा बनाउन नदिएको आरोप लगाएका थिए ।

प्रधानन्यायधीश शुसीला कार्कीलाई महाभियोग लागेपछि पेन्सन पट्टा बनाउन ढिलाई भएको हो ।

पेन्सन पट्टा बनाउने काम अर्थमन्त्रालयलबाट हुँदैन ।


क्लिकमान्डु