धुलिखेल लगेर स्थानीय तहका प्रमुख र उपप्रमुखलाई शासन गर्न सिकाउँदै सरकार



काठमाडौं । स्थानीय तहका प्रमुख र उपप्रमुखलाई शासन गर्न सिकाउनका लागि सरकारले दुई दिन तालिम दिने भएको छ ।

स्थानीय विकास मन्त्रालायको आयोजनामा जेठ २४ र २५ गते स्थानीय तहका जनप्रतिनिधिलाई काभ्रेको धुलिखेलमा तालिम दिन लागिएको हो ।

स्थानीय तहका निर्वाचित गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई स्थानीय सरकार चलाउने आधारभूत शिक्षा दिनका लागि तालिमको व्यवस्था गरिएको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार स्थानीय तहलाई संविधानको व्यवस्था अनुसार संचालन गर्ने विधि तथा प्रमुख तथा उपप्रमुखले गर्न हुने नहुने कार्यको आधारभूत शिक्षा दिनका लागि तालिमको व्यवस्था गरिएको छ ।


पुष्प दुलाल