एक करोडभन्दा बढी बोनस सेयर सूचिकृत




काठमाडौं । बैंक अफ काठमाण्डौंले १ करोड ५ लाख २६ हजार ८ सय ५० कित्ता बोनस सेयर नेप्सेमा कारोबारको लागि सूचीकृत गरेको छ ।

आगामी हप्ता देखि बोनस सेयर कारोबार गर्न सकिने छ । बैंकले गत बर्षको नाफाबाट २६ प्रतिशत बोनस सेयर बितरण गरेको थियो ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८८ करोड ६७ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।सैगरी रिलायन्स फाइनान्सले पनि ६ लाख ६८ हजार ५ सय ७१ कित्ता बोनस सेयर सूचीकृत गरेको छ । कम्पनीले गत बर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर बितरण गरेको थियो ।

एनएमबि माइक्रोफाइनान्सले पनि १ लाख १६ हजार कित्ता बोनस सेयर र ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत गरेको छ । कम्पनीले गत बर्षको नाफबाट २५ प्रतिशत बोनस सेयर र १:१.२ को अनुपातमा हकप्रद बिक्री गरेको थियो । यी दुई कम्पनीको बोनस सयर र हकप्रद पनि आगामी हप्ता देखि नेप्सेमा कारोबार गर्न सकिने छ ।


क्लिकमान्डु