४ हजारमै इन्डक्सन चुल्हो र २ वटा पकाउने भाँडा बेच्दै नेशनल ट्रेडिङ



काठमाडौं । भारतीय नाकाबन्दीको समयमा इन्धन आपूर्तिमा समस्या भएको समयमा चीनले अनुदानमा दिएको चुलोहरु बिक्न थालेको छ ।

लामो समय गोदाममा थन्केर बसेको चुलो नेशनल ट्रेडिङले बिक्री सुरुगरेको एक हप्ता नहुँदै १३ सय चुलो बिक्री भएको छ ।

सुरुमा ११ हजार मुल्य कायम गरेको चुल्लो बिक्री भएको थिएन । अहिले मुल्य घटाएर एउटा चुल्हो र दुई वटा खाना पकाउने भाँडा सहित ४ हजारमा बिक्री सुरु गरिएको छ ।

नेशनल ट्रेडिङले अबको एक हप्तामा सबै १० हजार चुल्हो बेच्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु