एनसेलले भन्यो- तिर्नुपर्ने सबै पुँजीगत लाभकर तिर्यौं



काठमाडौं। निजी दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल प्रा.लि.ले ठूला कर दाता कार्यालयलाई आफ्नो तर्फबाट तिर्नुपर्ने सबै कर तिरेको दाबी गरेको छ । एनसेलले एक विज्ञप्ति प्रकासित गर्दै आफ्नो भुतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्ग एएस (“बिक्रीकर्ता”) द्धारा गरिएको अप्रत्यक्ष बिक्री (“कारोबार”) सँग सम्बन्धित करको विषयमाठूला कर दाता कार्यालयलाई सम्पूर्ण कर तिरेको दाबी गरेको छ ।

कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आयकर ऐन २०५८ अन्तर्गत पुँजीगत लाभकर आकर्षण गरेको उक्त कारोबारको सम्बन्धमा एनसेलले पूर्णरुपमा भुक्तानी गरेको प्रमाणित गरेको जनाएको छ ।’

ठूला करदाता कार्यालयले यहि जेठ २१ गते एनसेललाई पठाएको पत्रको आधारमा कम्पनीले आइतवार बिक्रेताको तर्फबाट थप अग्रिम कर रु १३ अर्ब ६० करोड रुपैयाँ दाखिला गरेको थियो । सो रकम दाखिला गरी उक्त करको विषयलाई निष्कर्षमा पुर्याएको पुष्टि गरेको कम्पनीले बताएको हो ।

एनसेल यस कारोबारको संलग्न पक्ष नरहे पनि र कम्पनीले उक्त कारोबारमा कुनै भुक्तानी नगरे तथा प्राप्त नगरेता पनि कम्पनीले कर दाखिला गरी यस विषयलाई टुंगोमा पु¥याउनु कम्पनीको नेपालमा निरन्तर सेवा प्रदान गर्दै योगदान गरिरहने प्रतिवद्धताको एक पाटो हो । जारी विज्ञप्तिमा उल्लेख छ ।

‘एनसेलले सँधै नेपालका कानुनको परिपालना गरेको छ आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको छ,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

करको बिबाद समाधान भएसँगै कम्पनीले अब लगानी र सेवा बिस्तारमा ध्यान दिने उल्लेख गरेको छ ।

‘हामी नेपाल सरकार तथा ठूला करदाता कार्यालयले यो विषयको निराकरण तथा टुंगोमा पुर्याउनका लागि प्रदान गरेका सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछौं । यससँगै एनसेलले अब आफ्नो ध्यान लगानी तथा सेवा विस्तारमा, विशेष गरेर फोरजी विस्तारमा निर्वादरुपमा लगाउन पाउने छ, जसले नेपालको डिजीटल अर्थतन्त्रलाई फड्को मार्न सघाउने छ,’ पर्किन्सले भने ।

पालको दूरसञ्चार पूर्वाधार विकास तथा नेपाली नागरिकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि कम्पनीले आक्रामकरुपमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै कम्पनीले कर्मचारीको परिवार, डिलर, डिष्ट्रिब्युटर, व्यावसायिक साझेदार तथा विशेष गरेर आफ्ना १ करोड ५० लाख भन्दा बढी ग्राहकलाई बहु लाभ प्रदान गरिरहन प्रतिबद्ध रहेको जनाएको छ ।

कम्पनी संचालनको १३ वर्ष (आर्थिक वर्ष २०६१÷६२ देखि यही जेठ १८ गतेसम्म) मा सरकारलाई विभिन्न शिर्षकमा १६० अर्ब रुपैयाँ भन्दा बढी राजश्व योगदान पु¥याएको कम्पनी देशकै सबैभन्दा ठूलो करदाता कम्पनीहरु मध्येमा पर्छ ।

एनसेलले नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ दशमलब २ प्रतिशतको योगदान पुर्याउदछ । सन् २०१६ मा कम्पनीको संचालन तथा पूजीगत लगानी २५ अर्ब ८० करोड रुपैयाँ भन्दा बढी रहेको छ । आफ्नो व्यवसाय संचालन मार्फत एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा करिब एक लाख १० हजार रोजगारी योगदान गरेको एनसेलको दाबी छ ।


क्लिकमान्डु