प्रिमियरले एफपिओको मुल्य घटायो, नयाँ मुल्य कति ?



काठमाडौं । प्रिमियर इन्स्सुरेन्सले थप सार्वजनिक निष्कासन(एफपिओ)को मुल्य घटाएको छ ।

कम्पनीले १ हजार ४ रुपैयाँमा एफपिओ जारी गर्ने तयारी गरेपनि धितोपत्र बोर्डले परिवर्तन गरेको नयाँ निर्देशिकाको कारण एफपिओको मुल्य घटेको हो ।

प्रिमियरले प्रतिकित्ता ७ सय ९५ रुपैयाँमा एक सय रुपैयाँ थपेर ८ सय ९५ मा एफपिओ बिक्री गर्ने भएको छ ।

प्रिमियरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता शेयर जारी गर्न लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

एफपिओ बिक्री पछि कम्पनीमा संस्थापक र साधारणको सेयर अनुपात ५१: ४९ हुने छ ।


क्लिकमान्डु