मध्यपहाडी लोकमार्गको ३ ठाउँमा पेट्रोल भन्डारण केन्द्र बनाउदै निगम




काठमाडौं । नेपाल आयाल निगमले मध्यपहाडी लोकमार्गका विभिन्न ३ स्थानमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र बनाउने भएको छ ।

मध्यपहाडी लोकमार्गमा सबारी साधान र पेट्रोल पम्पको संख्या बढेसँगै त्यो क्षेत्रमा आवश्यक पर्ने पेट्रोलियम पदार्थको भण्डार केन्द्र बनाउने गृहकार्यमा निगम लागेको हो ।

निगमले मध्यपहाडी लोकमार्ग अन्तरगतको सिन्धुलीको खर्काेट, रुकुमको चौरझारी र अछामको साफेबगरमा भण्डारण केन्द्र बनाउन लागेको निमगका नायब कार्यकारी नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

‘मध्यपहाडी लोकमार्गको तीन स्थानमा पेट्रोलियम पदार्थ भन्डार केन्द्र बनाउने गृहकार्य भइरहेको छ, ठाउको पहिचान भइसकेकोले अब चाढै नै निर्माण कार्य सुरु हुन्छ,’ भट्टराईले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु