सांग्रिलाको साधारणसभाले कम्युनिटीलाई गाभ्न दिएन



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभाले कम्युनिटी डेभलपमेन्ट बैंकलाई गाभ्न अस्विकार गरेको छ ।

सांग्रिलाले कम्युनिटीसँगै कसमस डेभलपमेन्ट बैंकलाई पनि एक्वाएर गर्ने प्रस्ताव राखेपनि साधारणसभाले कसमसलाई मात्र सांग्रिलामा मिसाउन सहमति दिएको हो ।

बैंकले दुईवटा संस्थालाई एक्वाएर गरेपछि चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने बताएको थियो । कसमसलाई मात्र एक्वाएर गर्न साधारणसभाले अनुमति दिएपछि बैंकले चुक्ता पुँजीको ८० प्रतिशत नै हकप्रद ल्याउने भएको छ । बैंकले एक अर्ब ८ करोड रुपैयाँको हकप्रद सेयर ल्याउने छ ।


क्लिकमान्डु