सरकारले गर्यो चीनको गेजुवालाई बुढीगण्डकी बनाउन दिने सम्झौता



काठमाडौं । सरकारले चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपलाई १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बनाउने दिने सम्झौता गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र गेजुवाका प्रतिनिधिबीच बिहीबारबुढीगण्डकी आयोजना निर्माण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यही जेठ ९ गतेको मन्त्री परिषद् बैठकले बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चाइना गेजुवालाई दिने निर्णय गरेको थियो ।

नेपालीकै लगानीमा बनाउने भनिएको यो आयोजना सरकारले चिनियाँ कम्पनीलाई जिम्मा लगाएको हो ।


पुष्प दुलाल