महुलीमा ५० देखि ६ सय कित्ता भर्नेले १० कित्ता मात्र सेयर पाए



काठमाडौं । महुली सामुदायिक लघुवित्त कम्पनीको सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँड भएको छ ।

निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले गोलाप्रथाद्धारा सबैलाई १० कित्ता सेयर बाँडफाँड गरेको छ ।

माहुलीको आइपिओ १० हजार ९२० जना आवेदकले १० कित्ता सेयर पाएका छन् ।

लघुवित्तको आइपीओमा कुल ८१ हजार ७४१ जनाले आवेदन गरेका थिए । जसमध्ये ११५५ जनाको आवेदन रद्द भएको विक्री प्रवन्धक सनराईज सनराईज ईन्भेष्मेन्ट बैंकिङ्गले जनाएको छ ।

साधारण सेयरमा न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँ देखि अधिकतम ६०० कित्ता अर्थात ६० हजार रुपैयाँ बराबरको आवेदन गर्न पाउने व्यवस्था थियो ।

महुलीले गत बैशाख ७ देखि बैशाख ११ सम्म १ लाख २० हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।

जसमा ६ हजार कित्ता सामुहिक लगानी कोष र ४ हजार कित्ता कर्मचारीको लागि छुट्टाइएको थियो ।


क्लिकमान्डु