भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय



काठमाडौं । मतपत्र च्यातिएको कारण मतगणना स्थगित भएको भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतगणना जारी रहदाँ ९० मत च्यातिएको थियो । मतपत्र च्यातिएको आरोपमा माओवादी कार्यकता प्रक्राउ परेपनि धरौटीमा छुटेका छन् ।

आयोगले पुनः मतदान गराए यसलाई नमान्ने नेकपा एमालेले जनाएको छ । भरतपुरमा कांग्रेस समर्थनमा माओवादीबाट रेणी दाहाल मेयरकी उम्मेद्वार छन् । यस्तै एमालेबाट देवी ज्ञवाली उम्मेद्वार छन् । आयोगले मतपत्र च्यातिएको वडामा मात्र मतदान गराउने छ । मतपत्र च्यातिनु अगाडि एमाले उम्मेद्वार अगाडि थिए । १९ र २० नम्बर वडाको मात्र मतगन्न बाँकी थियो ।


क्लिकमान्डु