घोराहि सिमेन्टद्वारा विश्व वातावरण दिवसमा रक्तदान



काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रिज प्रालिले विश्व वातावरण दिवसको उपलक्ष्यमा यहि जेठ १९ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

थापाथलीको ट्रेड टावरमा आयोजना गरिएको कार्यक्रममा ६५ जना भन्दा बढी मानिसहरुको सहभागिता रहेको कम्पनीले जानकारी दियो ।

यसैगरी, घोराही सिमेन्ट फ्याक्ट्रि, दाङ्गमा आयोजित रक्तदान कार्यक्रममा घोराहीका ३२ कर्मचारीहरुले रक्तदान गरेका थिए ।

सगरमाथा सिमेन्टका डाइरेक्टर सञ्जय बन्सलले वर्षमा दुईचोटि रक्तदान कार्यक्रम सन्चालन गर्ने योजना गरेको बताए ।


क्लिकमान्डु