नबढाउने भन्दै बढाइयो कर, केमा कति बढ्यो ?




काठमाडौं । करका दरहरुमा कुनै परिर्वतन नगरिएको भनिए पनि जेठ १५ गते आएको बजेटमा स्वास्थको लागि हानीकार र विलासी बस्तुको रुपमा प्रयोग हुने केही बस्तुहरुमा करका दरहरुमा वृद्धी गरिएको छ ।

सुतीजन्य बस्तुहरु र मदिरामा अन्तशुल्कमा वृद्धी गरिएको छ । सुर्तिसँगै पान मसलामा लाग्ने कर पनि वृद्धी भएको छ । यसअघि प्रतिकिलो ४ सय २० रुपैयाँ रहेको अन्तशुल्कमा ४२ रुपैयाँ बढाएर ४ सय ६२ रुपैयाँ बनाइएको छ ।

उखुको मोलासिसमा प्रतिक्विन्टल ५० रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा पाँच रुपैयाँ वृद्धीगरी ५५ रुपैयाँ बनाइएको छ ।

अल्कोहलरहित बियरप्रति लिटर ७ रुपैयाँ अन्तशुल्क लगाइएको छ, जसमा यसअघि अन्तशुल्क लगाइएको थिएन ।

सूर्तिरहित सुगन्धित सुपारी पानमसलामा प्रतिकिलो १ सय ५५ रुपैयाँ लाग्दैआएको करमा १६ रुपैयाँ वृद्धीगरि १७१ बनाइएको छ ।

जौबाट वनेको वियरमा ९ रुपैयाँ वृद्धीगरी प्रतिलिटर १ सय ६ रुपैयाँबाट ११५ रुपैयाँ पुर्याइएको छ ।

स्वदेशमा उत्पादित पmलफूल र तिनको रसवाट बनेका १२ प्रतिशतसम्म अल्कोहलको मात्रा भएको स्वदेशी वाईनमा प्रतिलिटर ७४ रुपैयाँबाट बढाएर ८० रुपैयाँ बनाइएको छ । विदेशी वाइनमा लगाइएको अन्तःशुल्क भने बढाइएको छैन । विदेशी वाइनमा अन्तःशुल्क २ सय ८० रुपैयाँ कायम राखिएको छ ।

१५ युपीको मदिरा प्रतिलिटर ९ सय १२ रुपैयाँबाट १००३ रुपैयाँ बनाईएको छ । अन्य अधिकांश अल्कोहलमा अन्तःशुल्क बढाइएको छैन ।

ह्विस्की, भोड्का, जिनको कच्चा पदार्थ र तयारी ह्वीस्की दुवैको अन्तःशुल्क बढाइएको छ । सुर्ती र तयारी बिडीको अन्तःशुल्क बढाइएको छैन । तर, चुरोटको भने बढाइएको छ । मदिरा र सुर्तीजन्य वस्तुको अन्तःशुल्क बढाउनुबाहेक अन्य करका दर र छुट यथावत् ।


क्लिकमान्डु