आईएमई इन्स्योरेन्सले माग्यो ८ म्यानेजर, असार ३ सम्म आवेदन दिन सकिने



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले रोजगारीका लागि आवेदन माग गरेको छ । इन्स्योरेन्स कम्पनीले ८ म्यानेजर सहित केहि संख्यामा आवेदन माग गरेको हो ।

इन्स्योरेन्सले म्यानेजर अन्डरराइटिङ १, म्यानेजर रिइन्स्योरेन्स १, म्यानेजर केम १, म्यानेजर फाइनान्स १, म्यानेजर सेल्स एण्ड मार्केटिङ १, म्यानेजर एचआर १, म्यानेजर आइसिटी १, अफिसर लिगल÷कम्प्लाइन्स १, अफिसर÷म्यानेजमेन्ट ट्रेनि र ट्रेनि एस्टिेन्ट केहि संख्यामा आवेदन माग गरिएको छ  ।

न्युनतम स्नातक उर्तीण र सम्बन्धी पदमा ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्ने छन् ।

आवदेकले असार ३ गतेभित्रमा इन्स्योरेन्सको मेल [email protected]  मा सम्पूर्ण विवरण सहित आवेदन दिन सक्ने छन् ।

अर्थमन्त्रलायको सहमतिमा १० वटा बीमा कम्पनीले लाइसेन्स लिइसकेका छन् । हाल, लाइसेन्स लिएका बीमा कम्पनीले कर्मचारी भर्नाका लागि धमाधम आवेदन माग गरिरहेका छन् । एक बीमा कम्पनीलाई कम्तीमा एक सय कर्मचारीको आवश्यक पर्ने बताइएको छ ।


पुष्प दुलाल