महाविर पुनको आविस्कार केन्द्रलाई उद्योग मन्त्रालयले डेढ करोड दिने



काठमाडौं । उद्योग मन्त्रालयले म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग उद्योग मन्त्रालयले सहकार्य गर्ने भएको छ ।

विशेष गरी नेपालको परम्परागत प्रविधि र विज्ञानको प्रयोग गरी नेपाली उद्योग जगतलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्नको लागि आविस्कार केन्द्र स्थापनामा मन्त्रालयले सहयोग गर्ने भएको हो ।

केही दिन अगाडि महाविर पुनले आविस्कार केन्द्र स्थापनाको लागि पैसा नभएको भन्दै आफुले पाएको पदक बिक्री गर्ने सार्वजनिक घोषणा गरेका थिए ।

राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको विद्युतिय सवारीको प्रयोगलाई समेत उद्योग मन्त्रालयले प्रवद्र्धन गर्ने भएको छ । यसका साथै नेपाली किसानहरुलाई सरल र सह्लियत मुल्यमा धान काट्ने मेशिन उपलब्ध गराउन यस्तो मेशिनको आविष्कारको लागि समेत राष्ट्रिय आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयले सहयोग पुर्याउने छ ।

राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तालाई ध्यानमा राखी उद्योग मन्त्रालयले १ करोड ५० लाख रुपैंया अनुदान सहयोग उपलब्ध गराउन वजेटमा व्यवस्था गरेको छ ।

डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा अनुशन्धान र विकासको संस्कृति स्थापना गरी समाजको तल्लो तह देखी माथिल्लो तह सम्म आविष्कारमा आधारित पर्यावरणीय प्रणालीको प्रवद्र्धन गर्ने कार्यमा मुलुकलाई थप टेवा पुर्याउने कुरामा विश्वस्त रहेको उद्योग मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु