साताको अन्तिम दिन ३.८ अंकले घट्यो नेप्से, ६४ करोड ४९ लाख रुपैंयाँको कारोबार



काठमाडौं । बुधबार दोहोरो अंकले बढेको नेप्से बिहिबार भने ३.८ अंकले घटेर १६०४.३१ अंकमा आइपुगेको छ । चुनाव पछि निरन्तर घटेको नेप्से बुधबार भने झण्डै १४ अंकले बढेको थियो । यद्यपि बिहिबार नेप्सेले त्यस गतिलाई कायम राख्न सकेन ।

बिहिबार १४७ कम्पनीको ११ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा ६४ करोड ४९ लाख रुपैंयाँको कारोबार भएको छ । यो हिजोभन्दा झण्डै ३.५ करोडले कम हो ।

उपसूचकहरुमा उत्पादन क्षेत्र १९.१६ अंकले बढेको छ भने जलबिद्युत ७.०४ अंकले बढेको छ । अन्य सबै उपसूचकहरु घटेका छन् ।
बैंकिङ १.७५, होटल २५.३२, बिकास बैंक ९.९५, बित्त ३.८, बीमा १०.४९ र अन्य ८.९६ अंकले घटेका छन् ।

बुधबार सबैभन्दा बढि कारोबार एसियन लाइफको प्रमोटर सेयरको ६ करोड २३ लाख रुपैंयाँको भएको छ । यसैगरी स्ट्यान्र्डड चार्टड बैंकको ३ करोड ४८ लाख रुपैंयाँको कारोबार भएको छ । गुराँस लाइफको २ करोड ८४ लाख रुपैंयाँ, हिमालयन जनरल इन्स्योरेन्सको २ करोड ४७ लाख रुपैंयाँ र बैंक अफ काठमाण्डौंको २ करोड ४३ लाख रुपैंयाँको कारोबार भएको छ ।

बुधबार एउटा कम्पनीको लगानीकर्ताले मात्र झण्डै १० प्रतिशत हाराहारीले कमाएका छन् । भर्खरै सूचीकृत भएको युनाइटेड मोदीका लागानीकर्ताले १० प्रतिशतले कमाएका हुन् । कर्णाली बिकास बैंकका लगानीकर्ताले ८.७१ प्रतिशत र रिलायन्स फाइनान्सका लगानीकर्ताले ८.०२ प्रतिशतले कमाएका छन् ।

बिहिबार सबैभन्दा बढि गुमाउनेमा श्री इन्भेष्टमेन्टका लगानीकर्ता छन् । उनीहरुले ५.०८ प्रतिशतले गुमाएका छन् । यसैगरी पूर्णिमा बिकास बैंकका लगानीकर्ताले ५.०४ प्रतिशत र सिनर्जी फाइनान्सका लागानीकर्ताले ४.९१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु