आशा लघुवित्तले खोल्यो एकै पटक १३ स्थानमा शाखा



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दिनआफ्नो १३ वटा शाखाकार्यालयहरुको कारोवार शुभारम्भ गरेको छ ।

स्थापना गरिएको शाखा कार्यालयहरुमा चन्द्रपुर– रौतहट, परवानीपुर–पर्सा, कोल्हवी–वारा, हरिवन–सर्लाही, बस्तीपुर–मकवानपुर, खुरखुरे–चितवन, खजुरा–बाँके, मैनापोखर–बर्दिया, गुलरिया–बर्दिया, राजापुर–बर्दिया, बौनिया–कैलाली, बिर्घा–स्याङजा, हेम्जा–कास्की रहेको छ ।

कार्यक्रममा बंैक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।

यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्नवर्गकामहिलाहरुलाई विभिन्नआयआर्जनको व्यवसाय सञ्चालनगर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुर्याउने छ ।

देशमा रहेको गरिबीलाई लघु वित्तीय सेवाको माध्यमबाट आय बृद्धिमुलक व्यवसाय सञ्चालनगर्न लघुवित्त सेवाउपलब्ध गराउनुका साथै सदस्यहरुलाई उद्यमशिलबनाईउनीहरुको सामाजिकतथाआर्थिक स्तर बृद्धि गर्नको लागी यो संस्थाले एकै दिन १३ वटा शाखा कार्यालयहरु स्थापना गरेको हो ।


क्लिकमान्डु