एनसेलबाट निशुल्क गीत सुन्न सकिने




काठमाडौं । दुरसंचार सेवा प्रदायक एनसेलका ग्राहकले निशुल्क गीत सुन्न सक्ने भएका छन् । एनसेलले ग्राहकका लागि जेष्ठ १८ गतेबाट लागु हुने गरि एक महिनाका लागि निशुल्क गीत सुन्न सकिने व्यवस्था गरेको हो ।

गीत सुन्नका लागि एनसेलका ग्राहकले योन्डर म्युजिक एप्स डाउनलोड गर्नु पर्ने हुन्छ । योन्डर म्युजिक एप्स गुलल प्लेस्टोरमा उपलब्ध रहेको एनसेलले जानकारी दिएको छ ।

प्लेस्टोरबाट म्युजिक एप्स मोबाइलमा इन्स्टल गरेपछि ग्राहकले बिना शुल्क एक महिनासम्म गीत सुन्न सक्ने एनसेलले जानकारी दिएको छ ।

एनसेलले आजबाज चौथो पुस्ता अर्थात फोरजी सेवा सुरु गरेको छ । फोरजी सेवा सुरु गरेको अवसरमा एनसेलले ३ दिनका लागि १ जिबी डाटा सित्तैमा उपलब्ध गराउने भएको छ । फोरजी सेवा संचालनका लागि एस्ट्रिक ३२४ ह्यास डायल गर्नु पर्ने हुन्छ ।


पुष्प दुलाल