गुराँस लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद ल्याउने



काठमाडौं । गुराँश लाइफ इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको संचालक समितिको बैठकले ५० प्रतिशत हकपद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले ८ प्रतिशत बोनस सेयर दिएपछि सेयरधनीलाई ५० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको हो ।

गुराँसको चुक्ता पुँजी ५५ करोड रहेको छ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब हुनुपर्ने तोकेको छ ।


क्लिकमान्डु