बिजुच्छेले भने-चुनावमा कांग्रेसले भन्दा एमालेले धेरै पैसा बाँड्यो



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेसको तुलनामा एमालेले पैसा बाँडेर आफ्नो सिट संख्या बढाएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रमा बिजुक्छेंले १५ सालदेखि कांग्रेसले र अहिले आएर चुनावका समयमा मतदातालाई प्रलोभनमा पार्दै ठूलो धन राशी एमालेले खर्च गरेको आराप लगाउँदै त्यसको उदारहण भक्तपुरको सूर्यबिनायक र चाँगुनारायण नगरपालिकामा गरेको खर्चले प्रष्ट पारेको बताए ।

उनले एमालेले कम्युनिष्टको ‘क’ समेत उचारण गर्न मन नपराउने र ब्यवहारले पुँजीबादी चरित्र प्रष्ट पारेको बताउँदै बिगत देखिनै भन्दै आएको भनाई पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ब्यवहारमा देखाएको आरोप लगाए ।
उनले चुनावको समयमा सरकार परिवर्तन गर्न नहुँने धारणा राखे । उनले सरकारमा नेमकिपा सहभागी नहुने जानकारी दिए ।


क्लिकमान्डु