एनबी इन्स्योरेन्सको २७ लाख हकप्रद असार ५ देखि



काठमाडौं । एनबी इन्स्योरेन्सले आगामी असार ५ गतेदेखि १०० प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।

एनबीले एक बिज्ञप्ती जारी गर्दै असार ५ गतेदेखि साउन ९ गतेसम्म हकप्रद सेयर बिक्रि गर्ने जनाएको हो ।

कम्पनीले हालको चुक्ता पुँजीको १०० प्रतिशतको हिसाबले २७ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

साविक सेयरधनीका अलावा गत जेठ तीन गतेसम्म सेयर खरिद गरेका सेयरधनीले हकप्रदमा आवेदन दिन पाउँनेछन् । कम्पनीले ग्लोबल आइएमई क्यापिटल लाई इस्यु म्यानेजर नियुक्त गरेको छ । इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालयका अलावा एनबीको सम्पूर्ण शाखाहरुबाट हकप्रद फारम लिन सक्नेछन् ।

हकप्रद पछि कम्पनीको चुक्ता पुँजी हालको २७ करोडबाट ५४ करोड रुपैंयाँ पुग्नेछ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले आर्थिक बर्ष ०७४/०७५को अन्तसम्म १ अर्ब रुपैंयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ६ करोड २० लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।


क्लिकमान्डु