छ्याङ्दीको आइपिओ भर्ने आज अन्तिम दिन




काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले जेठ १४ गते देखि सर्वसाधारणका लागि जारी गरेको ५ लाख ४० हजार कित्ता सेयरको आइपिओ आज (जेठ १८) बन्द हुने भएको छ । हिजोसम्म नै निष्काशनमा ३५.५१ गुणा आवेदन परिसकेको छ ।

तेस्रो दिनसम्म आइपिओमा आस्वाबाट ७१.१४ करोड र रेगुलरबाट २५.३७ करोड रुपैंयाँको आवेदन परेको इस्यु म्यानेजर ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ ।

इच्छुक लगानीकर्ताले आज कार्यालय समयसम्म घटिमा ५० कित्ता र बढीमा २७ सय कित्ता आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु