चेम्बरले भन्योः आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले हालै सार्वजनिक भएको बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन भएको उल्लेख गरेको छ ।

चेम्बरले विज्ञप्ति जारी गर्दै आर्थिक बृद्धिको लक्ष्य वढी नै महत्वकांक्षी भएको जनाएको हो । ‘आर्थिक बृद्धि लक्ष्य हासिल गर्न विनियोजित बजेट पूर्ण रुपमा खर्च गर्न सकियो भने मात्रै सम्भब देखिन्छ । राजश्वका दर एवं राजश्व नीति परिमार्जन नगरी सात दशमलब दुई प्रतिशत आर्थिक बृद्धि कठिन छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरि बजेटले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुको सट्टा निरुत्साहित गरेको भन्दै भन्सार, आयकर, भ्याट लगायतका करका दर परिमार्जनका लागि दिएका सुझाबको सम्बोधन नभएको गुनासो गरेको छ ।

चेम्बरलेकाअनुसार राजश्वमा बजेटले व्यवस्था गरेका विषयले कर क्षेत्रमा समस्या उठने सम्भाबना छ । बजेटमा कर तिर्ने समस्या यथावत देखिएको हुँदा यसलाई मिलाउन जरुरी देखिने चेम्बरको ठहर छ ।

‘बजेटमा स्वरोजगार र रोजगारका अवसर सृजना गर्ने अपेक्षा लिएको छ । यो धेरै राम्रो कदम हो । तर यसका लागि लगानीमैत्री वजेट आउनुपथ्र्याे । आगामी वर्षहरुमा निजी क्षेत्रका सुझाब समावेश हुनेमा हामी आशावादी छौं,’ विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु