सेयर बजारमा उत्तारचढाबः दोहोरो अंकले घट्यो, दोहोरै अंकले बढ्यो



काठमाडौं । बुधबार नेप्सेमा केही उतारचढाव देखिएको छ । कारोबार शुरु भएपछि निरन्तर घटेर दोहोरो अंकसम्म झरेको नेप्से करीब २ बजेपछि भने १३.६८ अंकले बढेर १६०८.११ अंकमा बन्द भएको छ ।

बुधबार १४४ कम्पनीको ११ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा ६७ करोड ९३ लाख रुपैंयाँको कारोबार भएको छ ।

उपसूचकहरुमा उत्पादन क्षेत्र ४.६१ अंकले घटेको छ भने अन्य सबै उपसूचकहरु बढेका छन् ।

बैंकिङ ९.४१, होटल १९.९८, बिकास बैंक २०.९, जलबिद्युत १८.०७, बित्त १.३२, बीमा १२१.४१ र अन्य ८.३९ अंकले बढेको छ ।

बुधबार सबैभन्दा बढि कारोबार स्ट्यान्र्डड चार्टड बैंकको ५ करोड ३९ लाख रुपैंयाँको भएको छ । यसैगरी बैंक अफ काठमाण्डौंको २ करोड ८७ लाख, हिमालयन जनरल इन्स्योरेन्सको २ करोड ४९ लाख, प्रभु बैंकको २ करोड १९ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड १७ लाख रुपैंयाँको कारोबार भएको छ ।

बुधबार ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशत हाराहारीले कमाएका छन् । ग्रीन डेभलपमेन्ट, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन डिस्टिलरी, कर्णाली बिकास बैंक र युनाइटेड मोदीका लगानीकर्ताले १० प्रतिशतले गुमाएका हुन् ।

यसैगरी सबैभन्दा बढि बोट्लर्स नेपालका लगानीकर्ताले ४.७२ प्रतिशत र गुह्यश्वरी मर्चेन्टका लगानीकर्ताले २.५ प्रतिशतले गुमाएका छन् ।

 


क्लिकमान्डु