कन्चन डेभलपमेन्टमा जागिर खुल्यो



काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले उपकार्याकारी अधिकृत, सिनियर म्यानेजर, म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, म्यानेजमेन्ट ट्रेनि, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट पदका लागि आवेदन माग गरेको हो ।

बैंकले उपकार्याकारी अधिकृतमा १ जना , सिनियर म्यानेजरमा १ जना, म्यानेजरमा १ जना र अन्यपदमा केहि संख्यामा आवेदन माग गरेको छ ।

आवेदकको शैक्षिक योग्यता अधिकतम स्नातकोत्तर उर्तीण र न्युनतम स्नातक उर्तीण हुनुपर्नेछ । साथै, आवेदक नेपाली र अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ ।

आवेदकले असार ५ गतेभित्रमा आवश्वक सम्पूर्ण कागजात सहित [email protected] मा आवेदन दिन सक्नेछन् । बैंकको प्रधान कार्यालय भिमदत्त नगरपालिका वडा नम्बर ४, महेन्द्रनगर, कञ्चनपुरमा छ ।


पुष्प दुलाल